प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज तीन वटा खेल हुँदै

भक्तपुर न्यूज

४ माघ २०८० ५:४१

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज तीन वटा खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन वटा खेल भइरहेका छन् । एपीएफ क्लब र मधेस प्रदेशबीचको खेल कीर्तिपुरमा भइरहेकाे छ । एपीएफ क्लब दुई खेलमा दुवै खेल जितेर चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने मधेस तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेर दुई अंकसहित सातौँ स्थानमा छ ।

मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल भइरहेकाे छ । त्रिभुवन आर्मी क्लब दुई खेलमा एकमा जित र एकमा हार गरी दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने कोशी प्रदेश अहिलेसम्मका तीन वटै खेल हारेर अङ्कविहीन छ ।

अहिले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा भइरहेको छ । सुदूरपश्चिम प्रदेश दुई खेलमा दुवै खेल जितेर ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने दुई वटा खेल खेलेको गण्डकी प्रदेश दुवै खेलमा हारेर अङ्कविहीन छ । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।

प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *