भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयको अनुरोध

भक्तपुर न्यूज

८ चैत २०७७ १२:२८

भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

पछिल्ला केही हप्तादेखि छिमेकी देश भारत लगायत देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले आइतबार विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

छिमेकी देशमा जस्तै नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक/भैतिक दूरी राख्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

प्रकाशित मितिः २०७७ चैत्र ७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *