चीनमा कोरोना भाइरस सकिएको घोषणा

भक्तपुर न्यूज

२९ फागुन २०७६ १०:५८

चीनमा कोरोना भाइरस सकिएको घोषणा

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको प्रकोप खेपेको चीनले हाल यसको प्रकोप सकिएको घोषणा गरेको छ। सरकारका एक प्रवक्ताले कोरोना प्रकोपको उच्चतम बिन्दु हाललाई चीनमा सकिएको बताएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बिहीबार बेइजिङमा आयोजित नयाँ बिरामी हुने दर घट्दो क्रममा रहेको र समग्र महामारी पनि तल्लो तहमा सीमित रहेको बताए ।

उनले कोरोना संक्रमणको केन्द्रबिन्दु वुहानमा नयाँ बिरामी हुने दर कम रहेको र बुधबार केवल ८ नयाँ बिरामी मात्रै रिपोर्ट भएको बताए। त्यस्तै मुख्य भूमि चीनमा ७ वटा नयाँ बिरामी मात्रै फेला परेको र ६ जनालाई विदेशबाट ल्याइएको उनको भनाइ थियो। एजेन्सी

प्रकाशित मितिः २०७६ फागुन २९ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय