बच्चालाई फकाउन मोबाइल फोन दिनुहुन्छ ? सावधान ! बच्चाका लागि यतिसम्म हानिकारक

भक्तपुर न्यूज

२९ पुष २०७६ ८:२४

बच्चालाई फकाउन मोबाइल फोन दिनुहुन्छ ? सावधान ! बच्चाका लागि यतिसम्म हानिकारक

काठमाडौं । सन् २०१० मा भएको सेल फोन रेडिएसनको एक अध्ययनले देखाएअनुसार, सामान्यतया वयस्ककोभन्दा बच्चाहरुको दिमागको अधिक भाग सेल फोन रेडिएसनको जोखिममा हुन्छ किनकी आकारको हिसाबले बच्चाको दिमाग सानो भएपनि त्यसले वयस्कको मस्तिष्कले लिने जति रेडिएसन लिइरहेको हुन्छ । यसो हुँदा वयस्कको तुलनामा बालबालिकाको मस्तिष्कमा दुई गुणा बढी र खोपडीको हड्डीमा भएको बोन म्यारोमा १० गुणा बढी आरएफ (रेडियो फ्रिक्वेन्सी) जम्मा हुन्छ ।

अर्को अध्ययनले पत्ता लगाएको छ कि २० वर्षको उमेर भन्दा पहिले सेलफोन प्रयोग गर्न थालेका व्यक्तिहरूलाई वयस्क भएपछि सेल फोन प्रयोग गर्न शुरु गर्ने व्यक्तिको तुलनामा ब्रेन ट्यूमरको जोखिम बढी हुन्छ ।

अनुसन्धानले यो पनि बताउँछ कि सेल फोनको प्रयोगले बालबालिकाको व्यवहारमा पनि असर गर्दछ । अध्ययन गरिएका बालबालिकाहरुमध्ये जसको व्यवहारमा समस्या देखियो, जो अरु बच्चासँग चाँडै घुलमिल हुन सकेनन् तिनका आमाहरुले गर्भवती भएका वेला अत्याधिक मोबाइल फोन प्रयोग गरेको कुरा पत्ता लाग्यो । यद्यपि, यो नतिजालाई सतप्रतिशत सही मान्ने अवस्था चाहिँ छैन । किनभने बच्चाहरुको व्यवहारमा अभिभावकको हेलचेक्राइ वा गलत अभिभावकत्वको पनि असर परेको हुनसक्छ ।

बालबालिका र सेल फोन प्रयोगको बारेमा गरिएको एक अनुसन्धानका अनुसार जति सानो उमेरको बालबालिका हो त्यति नै ब्रेन ट्युमर र ब्रेन क्यान्सरको जोखिम बढी हुन्छ । त्यस्तै, किशोरीहरुले आफ्नो ब्राभित्र सेल फोन राख्ने हुनाले ब्रेस्ट क्यान्सरको सम्भावना पनि हुने सोही अनुसन्धानले बताउँछ ।
प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *