त्रिविले माग्यो पाँच प्राध्यापक र २६ सहप्राध्यापक

भक्तपुर न्यूज

३ पुष २०७६ ११:०९

त्रिविले माग्यो पाँच प्राध्यापक र २६ सहप्राध्यापक

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले विभिन्न विषयका लागि प्राध्यापक र सह–प्राध्यापक माग गरेको छ । विश्वविद्यालयले विद्यावारिधि गरेका पाँच प्राध्यापक र २६ जना सहप्राध्यापक माग गरेको हो ।

त्रिविले बिहीबार सूचना जारी गरी अनुसन्धानात्मक विशिष्टता आधारमा यसअन्तर्गतका विभिन्न निकायहरुका लागि ३१ जना प्राध्यापक र सहप्राध्यापक माग गरेको हो ।

माघ १२ गतेसम्म त्रिविको कार्यालयमा किर्तिपुरमा प्राध्यापक पदका लागि ३५ सय रुपैयाँ र सहप्राध्यापक पदका लागि ३२ सय रुपैयाँ राजश्व तिरी आवेदन दिन सकिने छ । माघ १३ देखि माघ १५ गते सम्म भने दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने बताइएको छ ।

सो पदका लागि ५० वर्ष उमेर ननाघेका सम्बन्धित विषयमा स्नातकोत्तर गरी तोकिएको विषयमा विद्यावारीधि उपाधि प्राप्त गरिएको हुनु पर्नेछ ।

प्रकाशित मितिः २०७६ पौष ३ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय