पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्य धाम निर्माणे हुने
भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू स्थित नव निर्मित माता पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण हुने भएको छ । आगामी पाँच वर्ष भित्र गुरुयोजना कार्यान्वयन गर्ने गरी गुरुयोजना निर्माण हुन लागेको हो ।
गत असोज १२ देखि २१ गतेसम्म सोही क्षेत्रमा लगाइएको शतचण्डी ज्ञान महायज्ञ गरी पाथीभार वैष्णोदेवीको मन्दिर स्थापना गरिएको थियो । सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटन विकास गर्नका लागि द्वारकापुरी दिव्यधाम निर्माण गर्न लागिएको मंगलवार रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी जनाइएको छ ।
सो क्षेत्रमा सत्सङ्ग हल, गुरू कुल, यज्ञशाला, पाठशाला, गौशाला, धर्मशाला, प्रतिक्षालय, द्वारका कुण्ड र मन्दिर प्रवेशको आकर्षक द्वर र सबै गोत्रका ऋषिका प्रतिमा स्थापना गरिने गरी गुरू योजना बनाएको मन्दिर मूल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।
पाथीभरा मन्दिर मूल व्यवस्थापन समितिका संरक्षक एवं १०८ भागवत वाचक अरबिन्द्र शास्त्रीले पाथीभरा माताको दर्शन गर्नकाले सुखशान्ति र समृति प्राप्ति हुने बताए । उनले शुक्रवार मन्दिरको दर्शन गर्दा मनोकाङ्क्ष पूरा हुने बताए । पाथीभराको मन्दिर निर्माण भएपछि अहिले हरेक दुई देखि तीन सय धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्न थालेकाको मूल व्यवस्थापन समितिका संक्षक अरबिन्द्र शास्त्रीले जानकारी दिए ।
गत दशैंमा लगाइको शचण्डी महायज्ञबाट १४ लाख ७४ हजार २८ रुपियाँ आम्दानीभएको छ । जसमा नौ लाख ७२ हजार ७२१ खर्च भएको र बाँकी रकम गुण्डूको सानाकिसान कृषि सहकारी संस्थामा बचत गरिएको समितिले जनाएको छ । पत्रकार सम्मेलनमा गौसंरक्षक कन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गर्न गौ संरक्षण केन्द्रले सहयोग गर्ने बताए ।
प्रकाशित मितिः २०७६ मंसिर ३ मंगलबार