रिक्त पदमा आज बुधबार उम्मेदवारी दर्ता

भक्तपुर न्यूज

२७ कार्तिक २०७६ ६:३५

रिक्त पदमा आज बुधबार उम्मेदवारी दर्ता

काठमाडाैं । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि स्थानीय तहका रिक्त पदमा आज बुधबार उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुपर्नेछ ।

स्थानीय तहअन्तर्गत एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुने छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भने कात्तिक २१ मा नै उम्मेदवारी दर्ता भइसकेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाका रिक्त अध्यक्ष पदमा निर्वाचन हुँदै छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ । यसबाहेक विभिन्न ३४ जिल्लाका ४० स्थानीय तहमा रिक्त विभिन्न वडाका ४३ अध्यक्षको पनि उपनिर्वाचनबाट पदपूर्ति गरिँदै छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानको उपनिर्वाचन हुने दिन एकैसाथ स्थानीय तहको पनि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मितिः २०७६ कार्तिक २७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *