उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २ सय ४८ सवारी चालक कारवाहीमा
काठमाडौं । सवारी नियम उलंघन गर्नेको संख्यामा कमी आउनको सकेको दैनिक जसो उच्च संख्यामा ट्रफिक प्रहरीको कार्वाहीको सूचीले प्रष्टाएको छ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २ सय ४८ सवारी चालक कारवाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट मंगलबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ४७ जना, लेन उल्लंघन गर्ने ६५ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ५२ जना, टिपर कारबाहीमा १९ जना, सिसिटिभीमार्फत कारबाही १६ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ५९ जना, अनावश्यक हर्न बजाउने ३५ जना, ब्हील लकबाट १ सय ९ जना र अन्य ७ सय ४६ जना गरी जम्मा १ हजार २ सय ४८ सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा मंगलबार ३३ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १३ जना सामान्य घाइते भएका छन् ।
महाशाखाका अनुसार मंगलबार १९ हजार २३ सवारी साधनबाट १ लाख २५ हजार ३ सय ३४ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार १ सय २१ सवारी साधनबाट ९६ हजार ३ सय ५३ जना यात्रु बाहिरिएका छन् ।
प्रकाशित मितिः २०७६ कार्तिक २७ बुधबार