बंगलादेशका राष्ट्रपति हमिद भक्तपुरको भ्रमणमा
भक्तपुर । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदले आज भक्तपुरका ऐताहासिक स्थलको भ्रमण गरेका छन् ।
चार दिने भ्रमणका लागि मंगलबार दिउँसो नेपाल आइपुगेका राष्ट्रपति हमिदले अपरान्ह ४ बजे विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको दरबार स्वाक्वर र टौमढीस्थित पाँचतले मन्दिरको अवलोकन गरेका हुन् ।
उनको स्वागत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए । राष्ट्रपति हमिदको स्वागतका लागि माक प्वाखँ अर्थात बाँदर नाच र देवी नाच समेत देखाइएको थियो ।
ऐताहासिक स्थलको भ्रमण गरेका राष्ट्रपति हमिदले पुरातात्विक वस्तुहरुको चासोपूर्वक अवलोकन तथा निरीक्षण गरेका थिए ।
उनी काठमाडौंबाट सेनाको हेलिकोप्टरमार्फत भक्तपुर आएका हुन् ।
प्रकाशित मितिः २०७६ कार्तिक २६ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८