उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ७० सवारी चालक कारवाहीमा

भक्तपुर न्यूज

२२ कार्तिक २०७६ ६:१०

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ७० सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ७० सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बिहीबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय २ जना, लेन उल्लंघन गर्ने १ सय ७२ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ४४ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३४ जना, टिपर कारबाहीमा २२ जना, सिसिटिभीमार्फत कारबाही ५३ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय २१ जना, अनावश्यक हर्न बजाउने ४४ जना, ब्हील लकबाट १ सय ७ जना र अन्य ८ सय ७४ जना गरी गरी जम्मा १ हजार ६ सय ७० सवारी चालक रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा बिहीबार ३३ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १७ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार बिहीबार २४ हजार ९ सय ३५ सवारी साधनबाट १ लाख ५३ हजार ५ सय ४३ जना काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार ८ सय १० सवारी साधनबाट १ लाख ५ हजार ३ सय ७८ जना बाहिरिएका छन् ।

प्रकाशित मितिः २०७६ कार्तिक २२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *