उपनिर्वाचनका लागि भक्तपुरमा मनोनयन दर्ता

भक्तपुर न्यूज

२१ कार्तिक २०७६ १०:५७

उपनिर्वाचनका लागि भक्तपुरमा मनोनयन दर्ता

भक्तपुर । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभामा सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका अनुसार २१ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका हुन् । जसमा ११ दल र १० स्वतन्त्र उम्मेदवार रहेका छन् ।

उम्मेदवार दर्ता गराउनेहरुमा सत्तारुढ नेकपाबाट देवीप्रसाद ढकाल, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल, नेमकिपाबाट निरज लवजु, समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मी, राप्रपाबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुजन प्रधान लगायतका २१ उम्मेदवारले उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ताका क्रममा पार्टीहरु कार्यकर्ताहरु निर्वाचन कार्यालय पुगेका थिए भने स्वतन्त्र उम्मेदवारहरु समर्थक र प्रस्तावकसहित मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

गत बर्षको बैशाखमा प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उक्त पद रिक्त थियो ।

प्रकाशित मितिः २०७६ कार्तिक २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *