उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ७ सवारी चालक कारवाहीमा

भक्तपुर न्यूज

२१ कार्तिक २०७६ ३:२५

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ७ सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ७ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बुधबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ११ जना, लेन उल्लंघन गर्ने १ सय ८३ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३१ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३१ जना, टिपर कारबाहीमा २५ जना, सिसिटिभीमार्फत कारबाही ३४ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय २० जना, अनावश्यक हर्न बजाउने ३६ जना, ब्हील लकबाट १ सय १४ जना र अन्य ८ सय २२ जना गरी गरी जम्मा १ हजार६ सय ७ सवारी चालक रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा बुधबार ३३ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् भने १३ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार बुधबार २५ हजार ७ सय ९२ सवारी साधनबाट १ लाख ६१ हजार ६ सय ४० जना काठमाडौं उपत्यका भित्रिएका छन् भने १६ हजार ८ सय ७ सवारी साधनबाट १ लाख १० हजार ८६ जना बाहिरिएका छन् ।

प्रकाशित मितिः २०७६ कार्तिक २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *