ओरालो लाग्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

१९ कार्तिक २०७६ ६:४१

ओरालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । सोमबार ७१ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले घटेर ७० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७६ कार्तिक १९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *