उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ६७ सवारी चालक कारवाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ६७ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट सोमबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय जना, लेन उल्लंघन गर्ने १ सय ३७ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने २९ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३८ जना, टिपर कारबाहीमा ३३ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ९५ जना, अनावश्यक हर्न बजाउने ४६ जना, ब्हील लकबाट १ सय ३१ जना र अन्य ९ सय ५८ जना गरी गरी जम्मा १ हजार ६ सय ६७ सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा सोमबार ३७ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा २ गम्भीर घाइते र १९ जना सामान्य घाइते भएका छन् ।
प्रकाशित मितिः २०७६ कार्तिक १९ मंगलबार