उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८ सय ३९ सवारी चालक कारवाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८ सय ३९ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शनिबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ९४ जना, लेन उल्लंघन गर्ने ६ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ५ जना, टिपर कारबाहीमा १ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ५४ जना, अनावश्यक हर्न बजाउने ३७ जना, ब्हील लकबाट ६८ जना र अन्य ५ सय ७४ जना गरी गरी जम्मा ८ सय ३९ सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा शनिबार २२ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने ८ जना सामान्य घाइते भएका छन् ।
प्रकाशित मितिः २०७६ कार्तिक १७ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५