ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ४३ सवारी चालक कारवाहीमा

भक्तपुर न्यूज

१५ कार्तिक २०७६ ३:२०

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ४३ सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ४३ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट हिजो मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ९३ जना, लेन उल्लंघन गर्ने १ सय ६ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३४ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २९ जना, टिपर कारबाहीमा १७ जना, सिसिटिभीमार्फत कारबाही २८ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ५१ जना, अनावश्यक हर्न बजाउने ३३ जना, ब्हील लकबाट १ सय ४३ जना र अन्य ९ सय ९ जना गरी गरी जम्मा १ हजार ५ सय ४३८ सवारी चालक रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा बिहीबार ३० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् भने ८५ जना सामान्य घाइते भएका छन् ।

प्रकाशित मितिः २०७६ कार्तिक १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *