शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरी नेपाल सम्वत् ११४० मनाइँदै

भक्तपुर न्यूज

१२ कार्तिक २०७६ ७:११

शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरी नेपाल सम्वत् ११४० मनाइँदै

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरी नेपाल सम्वत् ११४० मनाइँदैछ ।

नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा आज मंगलबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल लगायतले मध्यपुर थिमिको शंखधर चोकमा माल्यार्पण गरी नेपाल सम्वत मनाइँदै छ ।

प्रत्येक वर्ष शंखधर चोकमा रहेको नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिँदै आएको छ ।

माल्यार्पण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले गुठि बिधेयकका बारेमा गलत प्रचारप्रसार गरिएको आरोप लगाए ।

गुठिको संरक्षण, प्रर्वद्धन र साँस्कृतिक परम्पराको जीवन्तता दिने पक्षमा सरकार रहेता पनि सामन्ती अवशेष भित्रिएको र उपत्यका बाहिर गुठीको नाममा जनताको सम्पत्ति कब्जा गर्ने काम भएकालेगुठी विधेयक सरकारले ल्याएको उनले टिप्पणी गरे ।

नेपाल सम्वत एक जातिको मात्र भएको भन्ने भ्रमलाई चिर्दै यसलाई नेपालका सबै पक्षलाई बुझाएर आगामी दिनमा यसको सबल कार्यान्वयन तर्फ सरकार अघि बढ्ने समेत उनले बताए ।

यो सम्वतका बैज्ञानिक पक्षका बारे बुझ्न, स्विकार गर्न सकिने कसरी बनाउने भन्नेमा समेत सरकार लागेको बताउँदै यो सम्वत एक जातिको मात्र नभएर सिँगो मुलुकको माग भएको बनाउने तर्फ सरकार लागि परेको उनले बताए ।
उनले नेपाल सम्वत नेपालको मौलिक सम्वत, पहिचान बनाउने सम्वत र नेपालीद्वारा निर्मित सम्वत भएकाले यसलाई नेपालको गौरवका रुपमा सम्पूर्ण नेपालीले मनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल सम्वत कार्यान्वयन गर्ने परम्पराको थालनी भोलि बुधबार सरकारले दिएको बिदा बिक्रम सम्वतको क्यालेण्डरअनुसार नभई नेपाल सम्वतको क्यालेण्डरअनुसार भएको बताए ।

उनले सरकारले नेपाल सम्वतका बारे क्यालेन्डर मात्र नभएर बिभिन्न क्षेत्रमा यसको कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने तर्फ सरकार लागि परेको उनले बताए । भाषा संस्कृति र परम्पराको संरक्षण तर्फ सरकारले आफ्नो भूमिकामा कुनै कमी नराख्ने समेत उनले बताए ।

उनले आगामी वर्षदेखि भक्तपुरको मध्यपुर थिमीमा गरिने शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा सरकारले पनि आयोजकको भूमिका निभाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानद्वारा प्रकाशित शंखधर बुलेटिनको उपप्रधानमन्त्री पोखरेलले विमोचन गरेका थिए ।

नेपाल सम्वतलाई सबै नेपालीहरुको ऋण मुक्त भएको दिनका रुपमा मनाइन्छ ।

प्रकाशित मितिः २०७६ कार्तिक १२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *