गुण्डुबाट ८ र ताथलीबाट ६ जुवाडे पक्राउ

भक्तपुर न्यूज

११ कार्तिक २०७६ ९:२९

गुण्डुबाट ८ र ताथलीबाट ६ जुवाडे पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका–७ गुण्डुबाट ८ जना र चाँगुनारायण नगरपालिका–९ ताथलीबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

गुण्डुबाट आइतबार राति जुवातास खेलिराखेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपक थापा, राममणि थापा, उद्धव कार्की, सुरेन्द्र खतिवडा, अमन नगरकोटी, कविन्द्र खतिवडा, अनुरुद्र देउजा र रामचन्द्र खतिवडा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

प्रहरीले नगद २ लाख ३७ हजार ५ रुपैयाँ बरामद गरेको छ ।

यसैगरी आइतबार राति नै जगाति प्रहरीले ताथलीबाट जुवातास खेलि राखेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जीवन छुयाजु, हरिसुन्दर छुंका, रञ्जन छुयाजु, सत्यराम न्हेमाफुकी, तीर्थराम माकाजु र कुवेर खड्का रहेको जगाती प्रहरीले जनाएको छ ।

प्रहरीले ताथलीबाट नगद ६३ हजार ३ सय ४२ रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः २०७६ कार्तिक ११ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *