भक्तपुर नगरपालिकाले गपली क्षेत्रमा रहेका पसलको गर्यो बजार अनुगमन
भक्तपुर । भक्तपुर नगरपालिकाले गपली क्षेत्रमा रहेका पसलको अनुगमन गरेको छ ।
बिहीबार नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गपलीमा पसल अनुगमन गरेको हो ।
भक्तपुर नगरपालिकाकाले तिहारलाई मध्यनजर गरी खाद्य पसलहरुमा अनुगमन खाद्य विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालयमाको अनुज्ञापत्र विना प्याकेजि सामानमा लेबल राख्ने कुनै कुनै पसलमा लेबल विना विक्रि वितरण गरेकोले त्यस्तो सामानमा त्यस्तो सामान विक्रि वितरण गर्न नपाउने र किराना र मिनिमार्टमा मादक पदार्थ रक्सी लगायतको नगरपालिकामा छुट्टै दर्ता विना संचालन गरेको पाईएकोले सोको समेत दर्ता गर्न निर्देशन दिएकोे वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।
साख मल्टी स्टोर्स किराना पसलमा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न पटक पटक अनुगमनमा निर्देशन दिंदा समेत अटेर भएकोेले तुरुन्तै मिनिमार्टमा दर्ता गर्न र मादक पदार्थ रक्सि लगायतको नगरपालिकामा छुट्टै दर्ता विना संचालन गरेको पाईएकोले सोको समेत दर्ता गर्न, प्याकेजि सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न, सफारी हेल्थ सनफ्लोर तेलमा उल्पादन मिति प्रष्ट नभएकोले प्रष्ट देखिने गरी ल्याएकोमात्र विक्रिवितरण गर्न र ढक तराजु नापतौल विभागमा नविकरण गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
त्यस्तै एस.आर.स्टोर खाद्य पसलमा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न पटक पटक अनुगमनमा निर्देशन दिंदा समेत अटेर भएकोेले तुरुन्तै मिनिमार्टमा दर्ता गर्न र मादक पदार्थ रक्सी लगायतको नगरपालिकामा छुट्टै दर्ता विना संचालन गरेको पाईएकोले सोको समेत दर्ता गर्न, प्याकेजि· सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
त्यस्तै गौरी शंकर मःमः पसल अनुगमनमा पटक पटक पसल दर्ता गर्न निर्देशन दिंदा समेत अटेर भएकोले तीन दिन भित्र दर्ता गर्न निर्देशन दिंदै ग्यास चुल्हो जफत ग¥यो भने फ्रिजमा मःमःको किमा, मःमः, अमिलो एकै ठाउँमा नराख्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
ड्रिमल्याण्ड किचेनमा कामदारहरुले एप्रोन, माक्स, पञ्जा र हेयरनेट प्रयोगन गर्न र सरफाईमा ध्यान दिन, त्यस्तै उहि मधुबन स्विट्स पसल तीन दिन भित्र दर्ता गर्न, प्याकेजि सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखेर विक्रि वितरण र पसलमा सरसफाई ध्यान दिन र रामदेबी कम्प्लेक्समा अधिकाशं पसल दर्ता नभएको पाईएकोले धेरै पसलहरुलाई दर्ता गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक ७ बिहिबार