थाइल्याण्डका राजाले श्रीमतीबाट शाही उपाधि खोसे

भक्तपुर न्यूज

५ कार्तिक २०७६ २:४८

थाइल्याण्डका राजाले श्रीमतीबाट शाही उपाधि खोसे

काठमाडौं । थाइल्याण्डका राजाले आफ्नी एक श्रीमतीबाट शाही उपाधि खोसेका छन् । राजा माहा वाजिरालङकोर्नले गएको वैशाखमा आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका थिए ।

राजाको चौथो श्रीमती बनेकी सुथिदालाई राजाले रानीको उपाधि दिए । त्यसअघिकी श्रीमती सिनीनात वङ्वाचिराफाकबाट राजा माहाले शाही उपाधि खोसेका हुन् ।

उच्च तहमा नियुक्ति पाएको केही महिनामै विश्वासघात गरेको आरोप लगाउँदै राजा माहाले सिनीनातबाट उपाधि खोसेको बताइएको छ । राजाका तर्फबाट सोमबार जारी गरिएको घोषणामा सिनीनात वङ्वाचिराफाक महत्वाकाङ्क्षी बनेको र उनले आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको उल्लेख छ । राजसंस्थाप्रति उनका व्यवहारहरु अपमानजनक रहेको पनि राजाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

राजा माहाले चौथो श्रीमतीका रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनापछि गएको जुलाईमा सिनीनातलाई ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’ को उपाधि प्रदान गरेका थिए । सो उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको थियो ।

मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन् । गएको अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिइएको थियो । एजेन्सी

प्रकाशित मितिः २०७६ कार्तिक ५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *