मौसम आंशिकदेखि सामान्य बदली

भक्तपुर न्यूज

५ कार्तिक २०७६ २:४०

मौसम आंशिकदेखि सामान्य बदली

काठमाडौं । देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मंगलबार दिउँसो देशका मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

यस्तै देशका बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । मध्य र पूर्वी पहाडका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मंगलबार राति पनि देशका मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम आंशिक बदलीका अवस्थामा रहने छ ।

राति पूर्व र मध्यका पहाडी क्षेत्रको एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । पहाडी क्षेत्रको यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिइएको छ ।

प्रकाशित मितिः २०७६ कार्तिक ५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *