जगाती प्रहरीले नियन्त्रणमा लिइएको अवैध पटाका तथा मदिरा नष्ट

भक्तपुर न्यूज

३ कार्तिक २०७६ ११:१८

जगाती प्रहरीले नियन्त्रणमा लिइएको अवैध पटाका तथा मदिरा नष्ट

भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले अवैध पटाका तथा मदिरा आज नष्ट गरेका छन् ।

चाडपर्व लक्षित विशेष सुरक्षा कार्यक्रम अन्तर्गत जगातिमा चेकजाँच गर्ने क्रममा भेटिएको विभिन्न प्रकारका पटाका तथा विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको मदिरा नष्ट गरिएको हो ।

चाडपर्वको बेलामा पटाका पड्काएर खुशीयाली मनाउने क्राममा हुन सक्ने सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न पटाका नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

पूर्वी नाकावाट उपत्यका भित्रिएका हजारै मुल्य वरावरका पटाका नष्ट गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जनाकारी दिएको छ ।

त्यस्तै विभिन्न समयमा नियन्त्रणमा लिएका ४ सय ५० लिटर अवैध घरेलु मदिरा तथा दुई बोरा मदिरा बनाउने कच्चा पदार्थ समेत नष्ट गरिएको छ ।

अवैध मदिरा उत्पादन, ओसारपसार र विक्री वितरण निरुत्साहित गरि समाजमा आपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले मदिरा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ कार्तिक ३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *