भक्तपुर नगरपालिकाले गर्‍यो मिठाई पसलमा अनुगमनः अधिकांश मिठाई पसल फोहोर

भक्तपुर न्यूज

१ कार्तिक २०७६ १०:५४

भक्तपुर नगरपालिकाले गर्‍यो मिठाई पसलमा अनुगमनः अधिकांश मिठाई पसल फोहोर

भक्तपुर । भक्तपुर नगरपालिकाले जगातीदेखि च्याम्हासिंहसम्मको मिठाई पसलको अनुगमन गरेको छ ।

नगरपालिकाका अनुगमन समिति संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा जगातीदेखि च्याम्हासिंहसम्मका पसल अनुगमन गर्दा अधिकांश पसल फोहोर देखिएको छ ।

पोलारी मिटरले तेल जाँच गर्दा २४ भन्दा बढी देखाए त्यो तेल उपयोग र उपभोग गर्न नमिल्ने साथै ५ किलोग्राम मिठाईमा एक ग्राममात्र खाद्य कलर हाल्नु पर्नेमा धेरै मिठाई पसलहरुमा मिठाई पकाउने तेल पोलारी मिटरमा जाँच गर्दा रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको र रंग बढी राखेर पकाउने गरेकोले अधिकशं पसलहरुमा तेल र रंग भएको मिठाई, बासी मिठाईहरु र म्याद नाघेको सामानहरु ठूलो मात्रामा जफत गरी त्यहि पसलमा नै नष्ट गरेको वडा निरिक्षक राम कृष्ण प्रजापतिले जानकारी दिए ।

रंग बढी राखी मिठाई पकाउने साथै तेल धेरै पकाई रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको तेलमा पकाएको मिठाई बेचबिखन गरेमा ५ बर्ष जेल सजाय र ५० हजार रुपैंया समेत जरिवाना हुने खाद्य अनुसन्धान अधिकृत सन्तोष ढकालले बताए ।

अनुगमनमा श्री जगती मिठाई भण्डारमा पसल नविकरण गर्नुपर्ने, पसल र भान्छा फोहोर देखिएकोले सरसफाईमा ध्यान दिनुपर्ने, पुरानो र बासी सामान नराख्न र विक्रि वितरण नगर्न, कामदारलाई एप्रोन प्रयोग गर्न, आफुले उत्पादन गरेको प्याकेजिड्ड मिठाई सामानमा लेबल राख्न र मिठाईमा कलर बढी भएको र पोलार मिटरले तेल जाँच गर्दा बिग्रेको तेल ५ लिटर नष्ट गरेको थियो ।

त्यस्तै जगाती मिठाई भण्डारमा कलर बढी भएको मिन्कि मिठाई २ किलोग्राम र पोलार मिटरले तेल जाँच गर्दा बिग्रेको तेल ७ लिटर नष्ट गरेको थियो भने ढक तराजु नापतौल विभागमा नविकरण गर्नु पर्ने, पसल पनि दर्ता नविकरण गर्न, पसल र भान्छा सरसफाई गर्नु पर्ने साथै पसल व्यवस्थित गर्नुपर्ने, कामदारलाई एप्रोन प्रयोग गर्न दिनु पर्ने अनुगमन टोलीले निर्देशन दिएको छ ।

त्यस्तै जगाती मिठाई पसलमा म्याद नाघेको सामानहरु ड्यू ६०० मि.मि.को तीन वटा, मिरिण्डा ६०० मि.मि.को ५ वटा, स्लाइस जुस सानो एक वटा, मान्गो जुस सानो एक वटा, उत्सब लिचि जुस फोहर र किरा देखिएकोले १२ वटा पसलमा नै नष्ट गरियो भने पसलमा फोहोर देखिएकोले सरसफाई गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, कामदारलाई एप्रोन प्रयोग गर्न टोलीले निर्देशन दिए ।

त्यस्तै नवदुर्गा एण्ड चाट हाउस मिठाई पसलमा पसल नविकरण गर्न, भान्छामा सरसफाई गर्न, कामदारलाई एप्रोन प्रयोग गर्न, उत्पादन गरेको गुडपाक लगायत मिठाईमा लेबल राख्न र रंग बढी भएको मिन्कि ५ वटा नष्ट गरियो ।

लक्ष्मी स्विट्स एण्ड प्यालेसमा भान्छामा सरसफाई गर्न, उत्पादन गरेको गुडपाक लगायत मिठाईमा लेबल राख्न, पसलमा पसल नविकरण गर्न, कामदारलाई एप्रोन प्रयोग गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्नु पर्ने र पोलार मिटरले तेल जाँच गर्दा बिग्रेको तेल ५ लिटर नष्ट गरेको थियो ।

न्यु लासिवा मिठाई भण्डारमा भान्छा एकदम फोहर देखिएकोले सरसफाईमा विशेष ध्यान दिन, बासी जेरी ३ किलोग्राम, सेल बनाउन मुछिएको पिठो २ किलोग्राम र पोलार मिटरले तेल जाँच गर्दा बिग्रेको तेल ३ लिटर नष्ट गरेको थियो भने पटक पटक अनुगमन गर्दा पनि सुझाब अनुसार सुधार नभएकोले तराजु एक थान जफत गरी नगरपालिकामा कार्यवाहीको लागि हाजिर हुन टोलीले निर्देशन दियो ।

दिनेश लाछिमस्युको मिठाई पसल दर्ता गर्न, सरसफाईमा ध्यान दिन, मिठाईमा बढी कलर प्रयोग नगर्न र पोलार मिटरले तेल जाँच गर्दा बिग्रेको तेल ४ लिटर नष्ट गरेको थियो ।

प्रकाशित मितिः २०७६ कार्तिक १ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *