मध्यपुरथिमिमा जिपले ठक्कर दिँदा घटनास्थलमै मृत्यु
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा आज बिहान बाटो काट्दै गरेकी एक वृद्धालाई बलेरो जिपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री ओखलढुङ्गा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने ७६ वर्षीया लक्ष्मीदेवी भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा १४ च १६८६ नम्बरको जिपले ठक्कर दिँदा पैदलयात्री भट्टराईको मृत्यु भएको परिसरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
तीव्रगतिमा आएको बलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी महिलालाई ठक्कर दिएर फरार भएका चालक काभ्रे बेथानचोक गाउँपालिका–३ घर भई हाल काभ्रे भैंसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेलाई प्रहरी वृत्तले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार