उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ६६ सवारी चालक कारवाहीमा

भक्तपुर न्यूज

२७ असोज २०७६ ५:१५

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ६६ सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ६६ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बिहीबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ६० जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २ जना, टिपर कारबाहीमा १ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ९४ जना, ब्हील लकबाट ३ जना र अन्य ४ सय ९१ जना गरी जम्मा ५ सय ६६ सवारी चालक रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा आइतबार १९ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । दुर्घटनामा १५ जना सामान्य घाइते भएका छन् ।

प्रकाशित मितिः २०७६ असोज २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *