राष्ट्रपति विद्यादेवी भण्डारी आज भक्तपुर आउँदै

भक्तपुर न्यूज

२६ असोज २०७६ ४:३७

राष्ट्रपति विद्यादेवी भण्डारी आज भक्तपुर आउँदै

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी आज भक्तपुर आउँदैछिन् । हरेक बर्ष जस्तै बडादशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति भण्डारी नवदुर्गा भवानीको पूजाआजा र दर्शन गर्न आइतबार भक्तपुर आउन लागेकी हुन् ।

वि.सं २०४५ साल देखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा मन्दिरमा राष्ट्रप्रमुखले पूजा अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादका रुपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्ने तथा नवदुर्गा मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यले नवदुर्गाको पुजा एवं टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः २०७६ असोज २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *