राष्ट्रपति विद्यादेवी भण्डारी आज भक्तपुर आउँदै
भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी आज भक्तपुर आउँदैछिन् । हरेक बर्ष जस्तै बडादशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति भण्डारी नवदुर्गा भवानीको पूजाआजा र दर्शन गर्न आइतबार भक्तपुर आउन लागेकी हुन् ।
वि.सं २०४५ साल देखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा मन्दिरमा राष्ट्रप्रमुखले पूजा अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादका रुपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्ने तथा नवदुर्गा मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यले नवदुर्गाको पुजा एवं टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मितिः २०७६ असोज २६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३