उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५२ सवारी चालक कारवाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५२ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शुक्रबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय २२ जना, लेन उल्लंघन गर्ने ४२ जना, ट्याक्सी र कार भाडामा मोलमोलाई गर्ने १ सय ९ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २१ जना, टिपर कारबाहीमा ८ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ६२ जना, अनावश्यक हर्न बजाउने १४ जना, ब्हील लकबाट १९ जना र अन्य कारबाही ६ सय ५५ जना गरी जम्मा १ हजार ५२ सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा शुक्रबार २३ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १२ जना सामान्य घाइते भएका छन् ।
प्रकाशित मितिः २०७६ असोज २५ शनिबार