चिनियाँ राष्ट्रपति सी को दुई दिन नेपाल

भक्तपुर न्यूज

२४ असोज २०७६ २:४१

चिनियाँ राष्ट्रपति सी को  दुई दिन नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका लागि आउने घोषणासँगै सरकार तयारीमा जुटेको छ । राष्ट्रपति सी भारतको तामिलनाडुको राजधानी चेन्नईबाट २५ असोजको अपरान्ह काठमाडौं आएर भेटघाट शुरु गर्ने कार्यसूची रहेको छ ।

एक रात नेपालमा रहने सी २६ असोजको विहान बेइजिङ प्रस्थान गर्नेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्धिपक्षीय हितमा कुराकानी गर्नेछन् । भ्रमणका क्रममा विशेष सहमतिमा हस्ताक्षर कार्यक्रम तय भएको छ ।

राष्ट्रपति सी को नेपालमा कार्यतालिका  :

राष्ट्रपति सी शनिबार २५ असोजको अपरान्ह तीन बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छन् । राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थमा पुगेर स्वागत गर्ने बताइएको छ ।

त्यसपछि राष्ट्रपति सी सिधै सोल्टी होटलमा प्रस्थान गर्ने छन् । त्यसपछि साढे चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।राष्ट्रपति भण्डारी र सीबीचको भेटवार्तापछि संयुक्त मन्तव्य जारी हुने बताइएको छ ।

त्यसपछि राष्ट्रपति सी सोल्टी होटल प्रस्थान गर्ने छन् । पहिलो दिनको कार्यतालिका यतिमै सकिने छ ।

त्यसपछि आइतबार २६ असोजको विहान साढे सात बजे सिमित नेताहरुसँग विभिन्न चरणमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । यस सुचिमा कुन कुन नेताहरुले भेट्ने छन् भन्ने खुलाइएको छैन । यधपी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायतले भेट्ने तय भएको बताइएको छ ।

सोही दिन विहान साढे आठ बजे प्रधानमन्त्री केपी शर्मा ओली र सीबीच द्धिपक्षीय प्रतिनिधिमंडलसहित छलफल हुने छ । छलफलपछि विभिन्न सहमतिमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति सी विहान साढे दशबजे बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः २०७६ असोज २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *