कांग्रेस प्रचण्डको भरियाः कमल थापा

भक्तपुर न्यूज

११ असोज २०७६ १०:५७

कांग्रेस प्रचण्डको भरियाः कमल थापा

भक्तपुर । राष्ट्रिय पजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस प्रचण्डको भरिया भएको बताएका छन् ।

भक्तपुर जिल्ला समितिले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै थापाले प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले आफ्नो सिद्धान्तलाई तिलान्जली दिँदै प्रचण्डको भरिया भएकाले कांग्रेस र वर्तमान सरकार बीच कुनै भिन्नता नरहेको बताए ।

गणतन्त्र धर्म निरपेक्षता र संघियता नेपालको एजेन्डा नभई बिदेशको एजेन्डा भएको र यसलाई प्रचण्डले भरियाका रुपमा नेपाल भित्र्याएको र यसलाई नै कांग्रेसले आत्मसाथ गर्दै पछि पछि लागेको उनले बताए ।

इतिहासमै वर्तमान सरकार सबैभन्दा भ्रष्ट रहेको बताउँदै अध्यक्ष थापाले प्रहरी प्रशासन, राजनीतिक दलहरु र अदालत सम्मको सेटिङमा ईतिहासकै ठूलो एनसेलको ४० अर्वको घोटाला भएको बताए ।

धर्म र संस्कृति संकटमा परेका बेला सबै एकजुट भएर संरक्षण गर्नु पर्ने बेला आएको उनले बताए ।

उनले परिवर्तनका नाममा हिन्दु राष्टको पहिचान समाप्त पारियो, राजसंस्थालाई पार लगाइयो, एकात्मक देशलाई संघियता लादियो, राष्ट्रघाति कदम चाल्दै नागरिकता बिदेशीलाई दिने वातावरण तयार पारियो र देशलाई अस्थिरता निम्ताउने काम वर्तमान सरकारले गरेको आरोप लगाए ।

परिवर्तनका नाममा राजालाई फाल्नेहरुले नै जनतालाई भेडा बार्खा ठानेकै कारण प्रधानमन्त्री निवास बालुवाटारको जग्गा समेत बेच्ने आँट गरेको उनले बताए ।

वर्तमान सरकार देशमै रोजगार श्रृजना गर्ने तर्फ लाग्नु भन्दा पनि बैदेशिक रोजगार जाने तालीम प्रदान गर्दै सरकाले गलत नीति लिइरहेको उनले बताए ।

प्रकाशित मितिः २०७६ असोज ११ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *