फेसबुकमा लाइकको सङ्ख्या नदेखाउने परीक्षण सुरु
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताको पोष्टमा लाइकको संख्या नदेखाउने कामको परीक्षण सुरु गरेको छ । यसको सुरुवात फेसबुकले अस्ट्रेलियाबाट गरेको हो । अस्ट्रेलियाका फेसबुक प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका लाइकको सङ्ख्या हेर्न पाउने छैनन्।
गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा शुरू गरिएको थियो। प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकको सङ्ख्या नदेखाउन चाहेको फेसबुकले बताएको छ।
आफ्ना पोस्टमा गरिएका लाइकको सङ्ख्या प्रयोगकर्ताले भने हेर्न पाउने फेसबुकले जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००