ग्यासको मूल्य घटे पनि पुरानै मूल्यमा खरिद गर्न उपभोक्ता बाध्य

भक्तपुर न्यूज

८ असोज २०७६ ५:३०

ग्यासको मूल्य घटे पनि पुरानै मूल्यमा खरिद गर्न उपभोक्ता बाध्य

भक्तपुर । नेपालीहरुको महान पर्व दशैंको मुखमा नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि घटाएको मूल्यमा ग्यास बजारमा पाउन नसकेको उपभोक्ताको गुनासो रहेको छ । ब्यापारिहरुले ग्यास पुरानै मूल्यमा बिक्रि गर्ने गरेका छन् तर पनि सरोकारवालाहरुले यता तर्फ ध्यान दिन नसकेको उपभोक्ताको गुनासो रहेको छ ।

उपभोक्ताको ब्यापक गुनासोपछि निगमले बजार अनुगमन गरेको थियो भने अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको पाइएको नेपाल आयल निगमले जनाएको छ । खुद्रा पसलले ग्यासको मूल्य नघटाए निगमले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति सार्वजनिक गरेको छ ।

निगमले असोज ३ गते निर्धारण गरेको मूल्यअनुसार बिक्री नगरिए कानुनबमोजिम कडा कारबाही गरिने गरिने जनाएको छ । । चाडवर्पका बेला उपभोक्तालाई राहत हुने आशयले मूल्य घटाइएको तर व्यापारीबाट त्यसको कार्यान्वयन नभएको सुन्न आएकाले निगमले अनुगमन गरिरहेको  छ ।

प्रकाशित मितिः २०७६ असोज ८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *