समदर्शी साकोसको सत्रौं साधारण सभा सम्पन्न
भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि।को सत्रौं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन जेष्ठ सदस्य पशुपति भक्त रायको प्रमुख आतिथ्यतामा आठ जना जेष्ठ सदस्यहरु र आठ जना बाल सदस्यहरुले संयुक्त रुपले गरी सम्पन्न भएको हो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव जगनाथ प्रजापतिले सहकारीमा बढी मात्रामा भएको बचत तथा ऋण सहकारी भक्तपुरमा ४७२ वटा भएकोमा जिल्ला संघमा १९८ सदस्य रहेको बताए ।
उनले सदस्यहरुबाट ब्याज निर्धारण गर्ने अधिकार भएतापनि बाहिर जिल्लाबाट आएकाहरु सदस्यहरुको सहकारीमा मनपरि चर्को व्याज लिने र दिने गरेकोले १६ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने पत्राचार गरेको बताए ।
उनले जिल्ला संघले लबिङ्ग गर्ने, व्याजदर, अन्तरलगानी, बिना धितो दुई करोडसम्म ऋण दिने लगायत ऐनकानुनबारे चेतना र अभिमुखिकरण कार्य गर्दैै आएको बताए ।
संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले सभापतिको मन्तव्य राख्दै सहकारीले नाफालाई मात्र केन्द्रीत नगरिकन समाजका युवाहरु विकृति र बिसंगति तथा लागुपदार्थ तर्फ उन्मुख भएकोले जबसम्म आर्दश समाज स्थापित हुँदैन, हामी जे जस्तो गरेर कमाएको जीउ धन सुरक्षित नहुने बताए ।
कार्यक्रममा प्रबन्ध निर्देशक हरिराम लवजुले समदर्शीमा नै सदस्य किन ? के हो र ? भन्दै हरेक सदस्यहरुको समस्या समाधान गर्ने नसके सो बिषयमा अभिमुखिकरण गरी बाटो देखाउने कार्य गरिरहेको जसले धेरैलाई राहत पुगेको बताए ।
कार्यक्रममा निबर्तमान अध्यक्ष बिश्वबहादुर दुवालले संस्थाले भवन निर्माणको प्रगति र सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघका सावित्री धौभडेल, लेखा परिक्षक हिरारत्न बज्राचार्य, डाईमण्ड साकोसका तुल्सी राम धेमोसू, हर्ट एण्ड डावेटिजका बिरेन्द्र काजि प्रधानाङ्ग, लेखा समिति संयोजक लक्ष्मी प्रसाद प्रजापति, कोषाध्यक्ष रोशना मुस्याख्व, सचिव रामकृष्ण मानन्धर, सदस्य सुर्वण दुवालले पनि बालेका थिए ।
बन्द सत्रमा सचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन लगायत सर्वसम्मतले पारित गरिएको थियो ।
प्रकाशित मितिः २०७६ असोज ६ सोमबार