डेंगुसँगै स्क्रबटाइफसको थप त्रास बढ्यो

भक्तपुर न्यूज

२ असोज २०७६ ४:५४

डेंगुसँगै स्क्रबटाइफसको थप त्रास बढ्यो

काठमाडौं । डेंगुको आतंक जारी रहेका बेला फेरी स्क्रबटाइफस रोगको चर्चाले थप त्रास थपिदिएको छ । यो रोगबाट पनि मानिस बिरामी पर्न थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुनले स्क्रबटाइफसका कारण ज्वरो आएका बिरामीको संख्या बढ्दो क्रममा रहेको बताए ।

उनका अनुसार अहिले औसतमा दैनिक आठ नौ जना स्क्रबटाइफसका बिरामी भेटिने गरेका छन् । डा पुनले भने, ‘डेंगुको आशंकामा उपचार गर्न आएकाहरूको जाँच गर्दा स्क्रबटाइफसको सङ्क्रमण देखिएको  छ ।’

उनका अनुसार डेंगुका नयाँ बिरामीको फाटफुटबाहेक नियन्त्रण नै भइसकेको छ । डेंगुका पुराना बिरामी फलोअपमा आउने क्रम भने बढिरहेको उनको भनाइ छ । डा पुनले स्क्रबटाइफसको छुट्टै परीक्षण टेकु अस्पतालबाहेक अन्य अस्पतालमा खासै नगर्ने गरेको बताए । उनले पछिल्ला दिनमा यसको संक्रमण बढेकाले सबै अस्पतालले पनि डेंगुसँगै स्क्रबटाइफसको पनि परीक्षणमा लाग्नु पर्ने बताए ।

प्रकाशित मितिः २०७६ असोज २ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *