मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

भक्तपुर न्यूज

३१ भदौ २०७६ २:२७

मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौँ । बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव देशभर अझै पनि रहेकाले मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही कारण हाल देशका अधिकांश क्षेत्रमा बदली भएको छ ।

पूर्व तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् ।

मंगलबार दिनभरि देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वका धेरै तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । देशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति देशभरि सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिममा धेरै र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । राति मध्य र पश्चिमका थोरै तथा पूर्वका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रकाशित मितिः २०७६ भदौ ३१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *