पाँच देशका नगर प्रमुखले गरे आज भक्तपुरको अवलोकन

भक्तपुर न्यूज

२९ भदौ २०७६ ८:५२

पाँच देशका नगर प्रमुखले गरे आज भक्तपुरको अवलोकन

भक्तपुर । इन्द्रजात्रा अवलोकन गर्न आमन्त्रण गरिएका पाँच देशका नगर प्रमुखहरुले आज भक्तपुरका बिभिन्न सम्पदाको अवलोकन गरेका छन् ।

आज बिहान भक्तपुर आइपुगेका चीन, अमेरिका, भुटान, बंगलादेश र जापानका प्रमुख सहित ४० जनाको समुहले भक्तपुरको दरवार क्षेत्र , पाँचतले मन्दिर हुँदै पैदल यात्र गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाको अवलोकन गरेका थिए ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा भक्तपुर आएका पाहुनाहरुको स्वागत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उप प्रमुख रजनी जोशीले गरेका थिए ।

भक्तपुर नगर प्रबेशसँगै आएका पाहुनाहरुका लागि भक्तपुर नपाका तर्फबाट प्रमुख प्रजापति र उप प्रमुख जोशीले पुरुष अतिथिका लागि भादगाउँले टोपी र महिला अतिथिका लाथि सुर्के थैली उपहार दिएर स्वागत गरेका थिए ।

भक्तपुरका सम्पदा अवलोकनका क्रममा बिदेशी पाहुनाहरुको जिज्ञासालाई प्रमुख प्रजापतिले मेटेका थिए भने अवलोन गरेका स्थलहरुका बारे समेत जानकारी दिएका थिए । त्यस्तै भक्तपुर नगरपालिकाले कला संस्कृति संरक्षण र प्रर्वदनमा खेलको भूमिकाको बारे जानकारी दिएका थिए भने भुकम्प पश्चात नपाले गरेको पुनंनिर्माणका बारे समेत अवगत गराएका । उनले नपाले आफ्नो क्षेत्रमा गरेका बिभिन्न कामका बारे समेत जानकारी दिएका थिए ।

प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *