जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि फेरी रोकियो जात्रा

भक्तपुर न्यूज

२९ भदौ २०७६ ६:१६

जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि  फेरी रोकियो जात्रा

भक्तपुर । जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि यो वर्ष फेरि यो जात्रा रोकिएको छ । गएको वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेर यो परम्परालाई निरन्तरता दिएता पनि यो बर्ष जिब्रो छेड्नेको अभाव भएपछि यो परम्परामा फेरी रोक लागेको हो । विसं २०६३ देखि रोकिएको यो जात्राले गत बर्ष निरन्तरता पाएता पनि यो बर्ष फेरी रोकिएको छ ।

जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिका श्रेष्ठ थरकै हुनुपर्ने प्रचलनअनुसार चेंया पुन्हिया मेय प्वाः खनेगु जात्रा व्यवस्थापन समितिको संयोजनमा जात्रा मनाए पनि समितिले समेत यस वर्ष अर्को व्यक्ति तयार गर्न नसक्दा जात्रा रोकिएको हो । २५ वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले विसं २०५२, २०५७ र २०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडाए ।

त्यसपछि गत वर्ष स्थानीय युवाले समिति नै बनाएर जात्रा जोगाउने अभियान सञ्चालन गरेपछि विसं २०७४ मा बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले र विसं २०७५ मा थिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *