साउदी अरबमा ३५ नेपाली अलपत्र

भक्तपुर न्यूज

२२ साउन २०७६ ६:०२

साउदी अरबमा ३५ नेपाली अलपत्र

काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ३५ जना नेपाली कामदार अलपत्र परेका छन् । विभिन्न जिल्लाका ३५ जना नेपाली युवा तीन महिनादेखि कामविहीन भई साउदीको राजधानी रियादमा अलपत्र परेका हुन् ।

रियादमा अलपत्र परेपछि उनीहरु नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु एक सातादेखि दूतावासको शरणमा आएका हुन् । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन ।

दूतावासले उनीहरुलाई गाडी पार्किङ गर्ने ठाउँमा राखेको छ भने खाना बाहिरबाट ल्याएर खुवाइरहेको जनाइएको छ । उनीहरुलाई काठमाडौंस्थित जेबीआर म्यानपावर कम्पनीले फर्निचरको कामका लागि पठाएको थियो । नेपाली दूतावासले म्यानपावर कम्पनी र रोजगारदातासँग समन्वय गरी पीडितको उद्धार प्रक्रिया थालिसकेको जनाएको छ ।

प्रकाशित मितिः २०७६ साउन २२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *