पश्चिमी वायुको प्रभाव : तीन दिनसम्म बदली र वर्षाको सम्भावना

भक्तपुर न्यूज

७ फागुन २०७६ ८:३३

पश्चिमी वायुको प्रभाव : तीन दिनसम्म बदली र वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बिहान सामान्य बदली रहेको छ । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य क्षेत्रमा मौसम सफा रहेको छ ।

दिउँसो पश्चिमी क्षेत्रमा बदली हुने हुनाले केही सतर्कता अपनाउन आग्रह गरेका छन् । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।

दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रहने छ। पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।

तापक्रम भने बिस्तारै देशभर बढ्दै गएको छ । काठमाडौंको बुधबार बिहानको तापक्रम १० डिग्री सेल्सियस रहेको थियो । मंगलबारको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस रहेको थियो । अधिकतम तापक्रम २२.२ डिग्री सेल्सियस रहेको थियो ।

बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।

प्रकाशित मितिः २०७६ फागुन ७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *