साउदी अरबमा ३५ नेपाली अलपत्र
काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ३५ जना नेपाली कामदार अलपत्र परेका छन् । विभिन्न जिल्लाका ३५ जना नेपाली युवा तीन महिनादेखि कामविहीन भई साउदीको राजधानी रियादमा अलपत्र परेका हुन् ।
रियादमा अलपत्र परेपछि उनीहरु नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु एक सातादेखि दूतावासको शरणमा आएका हुन् । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन ।
दूतावासले उनीहरुलाई गाडी पार्किङ गर्ने ठाउँमा राखेको छ भने खाना बाहिरबाट ल्याएर खुवाइरहेको जनाइएको छ । उनीहरुलाई काठमाडौंस्थित जेबीआर म्यानपावर कम्पनीले फर्निचरको कामका लागि पठाएको थियो । नेपाली दूतावासले म्यानपावर कम्पनी र रोजगारदातासँग समन्वय गरी पीडितको उद्धार प्रक्रिया थालिसकेको जनाएको छ ।
प्रकाशित मितिः २०७६ साउन २२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ८:५५
बागमतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
५ असार २०८२ ८:५६
सहकारी ठगका आरोपी भण्डारीलाई कम्बोडियाबाट काठमाडौं ल्याइयो
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
६ असार २०८२ १५:०३