देशभरका सबै जसो नदीको बहाव बढ्यो, सुरक्षित रहन आह्वान ,तीन दिनको बाढी बुलेटिन सहित
काठमाडौं । बिहीबारदेखि परेको पानीका कारण देशभरका सबै जसो खोलानालको बहाव खतराको सुचकमाथि पुगेको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतको वाढी पूर्वअनुमान महाशाखाका अनुसार शुक्रबार ९ बजेदेखि कोशी, बागमती, कन्काइ, कमलालगायतका नदीको बहाव खतराको विन्दुमाथि पुगेका छन् ।
महाशाखाले प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाब पनि सतर्कता माथि र उच्च खतरायुक्त रहेको जनाएको छ ।
त्यस्तै कमला नदी (धनुषा तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र जारी रहेकाले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा बासिन्दालाई सतर्क रहन बाढी पूवानुमान शाखाले अनुरोध गरेको छ ।
यो अवस्था शनिबारसम्मै कायम रहने भएकाले होसियारी अपनाउन सर्वसाधारण आग्रह गरिएको छ ।

प्रकाशित मितिः २०७६ असार २७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
