सूर्यबिनायक मन्दिर जाने सडकखण्ड ढलमय बन्यो

भक्तपुर न्यूज

२६ असार २०७६ ९:४१

सूर्यबिनायक मन्दिर जाने सडकखण्ड ढलमय बन्यो

भक्तपुर । भक्तपुरको सूर्यबिनायक चोकदेखि सूर्यबिनायक मन्दिरसम्म जाने बाटो ढलमय बनेको छ ।
असारे बजेटले भक्तपुरका बिभिन्न ठाउँहरुलाई छोएता पनि यो सडकखण्डको मर्मत तर्फ कसैको ध्यान जान नसक्दा सो सडकखण्ड ढलमय बनेको हो ।

सडक बिस्तारका नाममा सडकको किनारामा रहेको ढल भत्काईएपछि यस क्षेत्रका स्थानीयहरु ढल सुँध्न बाध्य बनेका छन् भने यो मूल सडक भएर सूर्यबिनायक मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले समेत सो मार खेप्नु परेको छ ।

सडक जीर्ण हुनु र सो सडक भएर ठूला टिप्पर र अन्य मालबहाक सवारीको चापसँगै साना सवारीलाई समेत दुर्घटनाको जोखिम बढेको स्थानीय ह्दयचन्द्र बैद्य बताउँछन् ।

उनको गुनासो रहेको छ, ‘भएको ढल भत्काएर लामो समयसम्म ढलको ब्यवस्थापन नहुँदा गर्मीको समयमा ढल घर दैलोबाट बग्दा सास्ती खेप्नु परेको छ ।’

बर्षौसम्म पनि सडक बिस्तारका नाममा जनप्रनिधिनिहरुले यो सडक निर्माण र ढल ब्यवस्थापन तर्फ ध्यान दिन नसक्नु लज्जाको बिषय भएको स्थानीय दिपक गिरी बताउँछन् ।

उनी भन्छन्, ‘सूर्यबिनायक दर्शनका लागि आउने भक्तजनहरु हरेक दिन जसो नाक थुनेर दर्शन गर्न जानु पर्ने बाध्यता कहिले अन्त्य हुने हो ? यो पर्खाइको बिषय रहेको छ ।’

यता सूर्यबिनायक नगरापालिका वडा नं ८ का वडाध्यक्ष किरण थापा मगर भन्छन्, ‘सूर्यबिनायकचोकदेखि १४ मिटरको बाटो निर्माणका क्रममा ढल पुरिएकाले समस्या देखिएको हो ।’ सडक बिस्तारको प्रक्रिया जारी रहेको र यो बर्ष टेन्डर लाग्ने र अर्को बर्ष यो दुरावस्था देख्नु नपर्ने उनी बताउँछन् ।

प्रकाशित मितिः २०७६ असार २६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय