बर्खे झरी सुरु, दिनभरजसो पानी पर्ने जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

भक्तपुर न्यूज

२५ असार २०७६ ५:०५

बर्खे झरी सुरु, दिनभरजसो पानी पर्ने जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश क्षेत्रको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा नेपाल तिर सरेकाले मनसुनी गतिविधि बढेको हो ।

देशका अधिकांश क्षेत्रको मौसम बुधबार दिनभर जसो सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । अधिकांश क्षेत्रमा मध्यम खालको वर्षा हुने देखिएको छ । विशेषगरी पश्चिमका केही तथा पूर्व र मध्यका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

बर्खे झरी पर्न सुरु भएकाले विशेषगरी रातिको समयमा पानी बेसी पर्ने शाखाले जनाएको छ । अबको केही दिन पार्नी लगातार पर्ने सम्भावना छ । रोपाइँ गर्न नपाएका किसानका लागि अब रोपाइँ गर्न मिल्ने गरी पानी पर्ने मौसमविदको भनाई छ ।

लगातार पानी पर्ने भएकाले विशेषगरी नदी किनार, तटीय क्षेत्र, खहरे खोला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । पानी पर्ने क्रम जारी रहने भएकाले अबको केही दिनमा देशका मुख्य नदी क्षेत्रमा पनि सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।

प्रकाशित मितिः २०७६ असार २५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *