न्युन चापीय रेखा नेपाल नजिक नरहेकाले ठूलो पानी पर्न सकेन

भक्तपुर न्यूज

२१ असार २०७६ ५:२५

न्युन चापीय रेखा नेपाल नजिक नरहेकाले ठूलो पानी पर्न सकेन

काठमाडौँ । मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय पार्ने न्युन चापीय रेखा नेपाल नजिक नरहेकाले ठूलो पानी पर्न नसकेको मौसमविदले बताएका छन् ।

केही दिनदेखि चर्को घाम लागेको छ भने छिटफुट मात्रै पानी परेको छ । शनिबार पश्चिम क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली हुने र बाँकी क्षेत्रमा सामान्य बदली रहने जनाइएको छ । तर बादल हटेर चर्को घाम लाग्ने सम्भावना पनि रहेको जनाइएको छ ।

पश्चिमका केही र पूर्व तथा मध्यका थोरै स्थानमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जनाइएको छ । विशेष गरी पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मितिः २०७६ असार २१ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *