मंगलबार देशभरको मौसम सामान्यतया बदली
काठमाडौँ । मनसुनी न्यूनचापीय रेखा नेपाल भन्दा केही पर रहेकाले झरी पर्ने गरी मनसुन सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेकाले नेपालमा जलवाष्प युक्त वायु आउन नसक्दा पानी पर्न नसकेको मौसमविदले बताएका छन् । मनसुन सक्रिय अवस्थामै रहे पनि वायुमा जलवाष्पको मात्रा कम भएकाले पानी लगातार पर्न नकसेको हो ।
जलवाष्प युक्त वायु जति बढी भयो त्यति नै धेरै पानी पर्ने भए पनि अहिले त्यसको मात्रा नेपालमा कम रहेको मौसमविदले बताए ।
सोचे जस्तो पानी पर्न नसके पनि मंगलबार देशभरको मौसम सामान्यतया बदली हुने जनाइएको छ । तर केही ठाउँको मौसम भने खुल्ने छ ।
काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । यस्तै पश्चिमको दिपायल, पूर्वी पहाडका केही क्षेत्रमा पनि घाम लागेको छ । पोखराका केही क्षेत्रमा पनि मौसम सफा छ ।
मंगलबार पूर्व र मध्यका केही तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मितिः २०७६ असार १७ मंगलबार