कहिले जाला सरोकारवालाको ध्यान सिपाडोल स्वास्थ्य चौकीमा रहेको साइनबोर्डमा !
भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा रहेको सिपाडोल स्वास्थ्य चौकीमा रहेको बोर्ड हेर्दा सरोकारवालाको ध्यान नगएको देखिन्छ ।
सरोकारवालाको ध्यान गएको भए बोर्डमा दुई ठाउँमा टेप राखेर छोपेको पर्ने अवस्था देखा नपर्ने स्थानीयहरु बताउँछन् । वि.सं.२०५१ सालमा स्थापना भएको सिपाडोल उप स्वास्थ्य चौकी स्तरोन्तती भएर झण्डै २/३ वर्ष अघि मात्र सिपाडोल स्वास्थ्य चौकी भएको थियो ।
२०५१ मा राखिएको उक्त बोर्डमा “श्री ५ को सरकार” मा “श्री ५ को” शब्दमा टेप लगाइएको छ भने “सिपाडोल उप स्वास्थ्य चौकी” मा “उप” मा टेप लगाइएको छ ।
लाखौं लाख खर्च गरेर निर्माण भएको चौकीमा एक दुई हजार खर्च गर्न सरोकारवालालाई किन मन नलगाएको हो कि त यस्तैले टार्न यसो गरेको स्थानीय विश्वराम थापाले भक्तपुरन्युजलाई जानकारी दिए ।
उनले भने “सरोकरवालाहरुको चरम लापरवाहीको नमुना खोज्नु यही बोर्ड मात्र नियाले पुग्छ! ”
प्रकाशित मितिः २०७६ असार १६ सोमबार