भक्तपुरको खरिपाटीमा ६० वर्षीया भट्टराईको हत्या
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ७ स्थित बाँसघारी बिद्युत तालिम केन्द्रको पछाडि रहेका एक घरमा एक वृद्धा मृत फेला परेकी छन् ।
बिहान साढे १० बजे सोनाम थापामगरको एक तले घरमा डेरा गरि बस्ने सिन्धुपाल्चोक बाँडे गाउँ घर भएकी अन्दाजी बर्ष ६० की साबित्री भट्टराईलाई अपरिचित व्यक्तिले घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटनाको प्रकृति नियाल्दा धारिलो हतियारको प्रयोग गरि हत्या गरिएको र हत्याका बारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । मृतकको शव पोष्र्टमार्टमका लागि त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले बताएको छ ।
बिहानको समयमा मोटरसाइकलमा आएका तीन अपरिचित ब्यक्तिहरुले हत्या गरेको हुन सक्ने परिसरका प्रमुख सविन प्रधानले जानकारी दिए । उनका अनुसार हत्याको पूरा विवरण आई नसकेको र थप अनुसन्धान जारी रहेको छ ।
प्रकाशित मितिः २०७६ असार १५ आइतबार