मनसुन सक्रिय अधिकांश स्थानमा वर्षा
काठमाडौं । देशभर मनसुन सक्रिय भएकाले बिहीबार अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
विशेष गरी देशको मध्य र पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ । बिहीबार राति पनि अधिकांश स्थानमा पार्नी पर्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ ।
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
