भक्तपुरका खेती योग्य जमीनमा रोपाँइको चटारो

भक्तपुर न्यूज

११ असार २०७६ ६:२२

भक्तपुरका खेती योग्य जमीनमा रोपाँइको चटारो

भक्तपुर । असार लागेसँगै भक्तपुरका किसान रोपाँइको चटारोमा छन् । असार भन्नसाथ रोपाँईको चटारो भनेर सबै नेपालीको बुझाईमा पर्छ । मानो रोपेर मूरी भित्राउने महिनाको रुपमा समेत असार महिनालाई लिने गरिएको छ । यस्तै भक्तपुर जिल्ला पनि यति बेला रोपाँईमय बनेको छ । किसानहरुलाई हतारो छ रोपाँईको चटारोले ।

बिहान सखारै देखि आफ्नो खेतमा रोपाँको जोहोमा किसानहरुको दैनिकी बित्ने गरेको छ यो असार महिनामा । असारको मध्य समय लाग्दा समेत भक्तपुरमा मनसुनको प्रभावकै कारण समय अनुसार रोपाँई हुन सकेको छैन । रोपाँइ भएको खेतहरु पनि जो खोलाको किनार र पानीको सुबिधा भएको स्थानहरुमा छन् त्याँ मात्र रोपाँइ सकिएको भक्तपुर कृषि बिकास कार्यालयले जानकारी दिएको छ ।

असारको दोस्रो सातासम्म पनि पानी नपर्दा रोपाँइको पर्खाइमा रहेका किसानहरुले सधैं झैं यस पाली पनि मलको समस्या बेहोर्नु परेको छ भक्तपुरमा । अनुदानको मल ब्यापारीको हातमा पर्दा भक्तपुरका किसानहरुले आफ्नो माग अनुसार मल पाउन सकेका छनैन् भने कालो बजारीमा महँगो मूल्य तिरेर मल खरिद गर्नु परेको भक्तपुर ब्यासीका किसान राम भक्त सुवाल गुनासो पोख्छन ।

वातबरणको प्रभावसँगै रोपाँइएको समयमा समेत बिगतमा भन्दा अधिक मल आवश्यक पर्ने भएता पनि रोपाँको समयमा मलको हाहाकार हुँदा किसानहरु झनै समस्यामा परेको अर्का बिकास गेलाल बताउँछन् । उनी भन्छन् भक्तपुरमा सिँचाईको सुबिधा नहुँदा किसानहरु आकाशे पानीमै भर पर्नु परेको छ।

त्यस्तै भक्तपुर कृषि कार्यालय जाकारी दिन्छ भक्तपुरको कूल उत्पादन योग्य जमीन मध्ये ४६ सय ४८ हेक्टरमा धान रोपाँई हुने गरेको छ । भक्तपुरमा प्रति हेक्टर ६ दशमलब २ टन धान उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्याँकले देखाँउछ ।

प्रकाशित मितिः २०७६ असार ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *