आज ११ जिल्लाका शैक्षिक संस्था बन्द
काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीको शैक्षिक हडतालका कारण आज काठमाडौं उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् ।
पक्राउ परेका पार्टी कार्यकर्ताको रिहाईको माग गर्दै अनेरास्ववियू क्रान्तिकारीले उपत्यकाका तीन जिल्लाका साथै धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा शैक्षिक हडताल गरेको हो ।
हडतालका कारण क्याम्पसदेखि सामुदायिक तथा निजी विद्यालयको पढाइ ठप्प भएको छ । शैक्षिक हडताल हुँदा विद्यालय र विश्वविद्यालय तहका लाखौं विद्यार्थीको पढाइ बिथोलिएको भन्दै अभिभावकहरुले चिन्ता प्रकट गरेका छन् । 
प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
